SHARE
बासुरी खबर · शुक्रबार​ २३ माघ २०८२ ०१:५० PM · 1 मिनेट पढाइ

व्यवहारिक सिकाइ र स्थानीय विकास जोड्ने पाँचपोखरी सिकाइ मेला–२०८२ सम्पन्न

तिपेनी। सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा “शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन : समृद्ध पाँचपोखरीको मूलधन” भन्ने मूल नाराका साथ आयोजना गरिएको पाँचपोखरी सिकाइ मेला–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजना तथा श्री क्षेत्रपालेश्वरी माध्यमिक विद्यालयको सह–आयोजनामा सम्पन्न मेलाको उद्घाटन गाउँपालिका अध्यक्ष टासी लामाले गरे ।