SHARE
बासुरी खबर · शुक्रबार​ २३ माघ २०८२ ०२:०३ PM · 1 मिनेट पढाइ

बाह्रविसेका पूर्व मेयर निमफुन्जो शेर्पा नेकपामा समाहित, प्रचण्ड द्वारा भव्य स्वागत

काठमाडौ। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका संस्थापक मेयर तथा एमाले सिन्धुपाल्चोकका चर्चित नेता निमफुन्जो शेर्पा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएका छन्। केही दिनअघि एमाले परित्यागको घोषणा गरेका शेर्पा शुक्रबार काठमाडौंमा आयोजित मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममार्फत औपचारिक रूपमा नेकपामा समाहित भएका हुन्।