गृहमन्त्री अर्यालले दिए निर्वाचनको भरपर्दो तयारी गर्न निर्देशन
नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्याल शनिबार नुवाकोट पुगेका छन् । उनी आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी सम्बन्धी विषयमा स्थलगत निरीक्षण अनुगमनको क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएका हुन् ।
