निर्वाचन चहलपहलसँगै बढ्न थाल्यो आर्थिक गतिविधि
महोत्तरी । महोत्तरीमा निर्वाचनको चहलपहल बडढेसँगै आर्थिक गतिविधिमा पनि बढोत्तरी हुन थालेको छ । खासगरी होटल व्यवसायी यसबाट लाभान्वित भएका छन् । राजनीतिक दल र तिनका उम्मेदवारका साथै कार्यकर्ताको सघन उपस्थितिले आगामी एक महिनासम्म ग्राहकको अभाव नहुने होटल व्यवसायी बताउँछन् ।
