कामना सेवा विकास बैंकले दरबार हाई स्कूलका विद्यार्थीलाई दियो छात्रवृत्ति
काठमाडौं । कामना सेवा विकास बैंकले भानु माध्यमिक विद्यालय (दरबार हाई स्कूल) का विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रानीपोखरीस्थित दरबार हाई स्कूलको १७२ औं स्थापना दिवसका अवसर पारेर गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराएको जनाएको छ ।
