SHARE
कर्पोरेट समाचार · बिहीबार २२ माघ २०८२ ११:१५ AM · 1 मिनेट पढाइ

लुम्बिनी विकास बैंकद्वारा साहारा फुटबल एकेडेमीलाई २ लाख ५० हजार सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत साहारा क्लब पोखराद्वारा सञ्चालित साहारा फुटबल एकेडेमीलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। पोखरा–१७ दोबिल्ला, कास्कीमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लबका अध्यक्ष केशवबहादुर थापालाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार