भारतमा सम्मानित नेपाली संगीत साधक पं. सुदर्शन राजोपाध्यालाई ‘सुरताल संगीत शिरोमणि’ पुरस्कार
काठमाडौं । सुरताल संगीत विद्यालय, महाराष्ट्र (भारत) ले नेपालका ख्यातीप्राप्त शास्त्रीय संगीत साधक पं. सुदर्शन राजोपाध्यालाई ‘सुरताल संगीत शिरोमणि पुरस्कार’ प्रदान गरेको छ। लामो समयदेखि शास्त्रीय तथा परम्परागत संगीतको संरक्षण, साधना र प्रवर्द्धनमा पुर्याउँदै आएको सक्रिय योगदानको उच्च कदर गर्दै विद्यालयले भारतबाट औपचारिक निमन्त्रणापत्र पठाई उक्त सम्मान प्रदान गरेको हो।
