SHARE
बासुरी खबर · बुधबार २१ माघ २०८२ ०२:१६ AM · 1 मिनेट पढाइ

लायन्स क्लब र आर.वाई. फाउण्डेसनद्वारा भाैटेचाैरका विद्यार्थीलाई न्यानाे कपडा वितरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. १ स्थित भोटेचौरमा रहेका ७ वटा विद्यालयका विद्यार्थीले न्यानाे कपडा पाएका छन् । ‘सेवा नै धर्म हो’ भन्ने नारालाई आत्मसाथ गर्दै लायन्स क्लब अफ काठमाडौं सिन्धुपाल्चोक दि हेल्पिङ ह्याण्ड्स र आर. वाई. फाउण्डेसनको संयुक्त पहलमा शनिबार एक विशेष वितरण कार्यक्रम सम्पन्न भएको छ।