SHARE
बासुरी खबर · सोमबार १९ माघ २०८२ ०९:४३ AM · 1 मिनेट पढाइ

मेलम्ची–हेलम्बु सडकखण्डमा सवारी चालकहरूको लागुपदार्थ परीक्षण अभियान

मेलम्ची । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले सडक दुर्घटना न्यूनीकरण र सुरक्षित सवारी सञ्चालनलाई प्राथमिकतामा राख्दै मेलम्ची नगर अस्पतालको सहकार्यमा सवारी चालकहरूको लागुपदार्थ सेवनसम्बन्धी परीक्षण अभियान सञ्चालन गरेको छ।   इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक योगेश खरेलको प्रमुख आतिथ्यमा सुरु गरिएको उक्त अभियान मेलम्ची–हेलम्बु सडकखण्डमा सञ्चालन गरिएको हो।