रेखा थापालाई जेइको जे६ अफरोड ईभी हस्तान्तरण
काठमाडौं । नेपाली सिने जगतमा स्थापित नायिका एवं चलचित्र निर्देशक रेखा थापाको रोजाइमा जेइको जे६ अफरोड ईभी परेको छ । नेपालका लागि ओमोडा तथा जेइको ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडा र भाइस प्रेसिडेन्ट रुपेश शर्मा भट्टले थापालाई सो कार हस्तान्तरण गरे।
