SHARE
कर्पोरेट समाचार · सोमबार १९ माघ २०८२ ०१:०२ PM · 1 मिनेट पढाइ

लालबन्दीका राम मनोहर गुप्ताले पहिलो पटक आमाको नामबाट पाए नागरिकता

सर्लाही । सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता वितरण गरिएको छ । जिल्लाको लालबन्दी नगरपालिका– ७ का राम मनोहर गुप्तालाई जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबार अंगीकृत नागरिकता प्रदान गरेको छ। प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले उनलाई आमाको नामबाट नागरिकता हस्तान्तरण गरेका हुन्। सर्लाहीमा आमाको नामबाट नागरिकता लिने गुप्ता पहिलो व्यक्ती हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार