घुस रकमसहित वरिष्ठ वन अधिकृत यादव अख्तियारको नियन्त्रणमा

कञ्चनपुर, ५ साउन : घुस लिएको रकमसहित डिभिजन वन कार्यालय धनगढी, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले आज नियन्त्रणमा लिएको छ ।