SHARE
मेट्रो न्युज काठमाडौं · सोमबार १९ माघ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई प्राणदण्ड दिइएको स्थानमा स्मृति सभा 

काठमाडौँ । सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई प्राणदण्ड दिइएको स्थान विष्णुमती नदी किनारा शोभा भगवतीमा आज स्मृति सभा सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सहिद सप्ताह आयोजक समितिले सभा आयोजना गरेको हो । सभामा स्मृति मन्तव्य, योगदानको चर्चासहित सहिदहरुको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।  त्यस क्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, नागरिक स्वतन्त्रता, मानव अधिकार, सुशासन तथा स्वाभिमानका लागि विगतमा गरिएका प्रयत्न र त्याग विर्सनु नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘स्वतन्त्र नागरिक भएको राष्ट्र निर्माण हुने सपना देखेर प्राणको आहुती दिएका सहिदहरुको योगदानबाट प्राप्त अधिकार जोगाउन असल नागरिक हुन जरुरी छ ।’ उहाँले विभिन्न काल खण्डमा भएका राजनीतिक आन्दोलनका सहिदहरुले दिनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं