चुनावको प्रतीक्षामा थलिएको बङ्गलादेशी अर्थतन्त्र, बेरोजगारी दर ४.६३ प्रतिशत
काठमाडौं । सन् २०२४ को विद्रोहले वर्षौँदेखि चल्दै आएको स्वेच्छाचारी शासनको अन्त्य गरेपछि बङ्गलादेश राजनीतिक परिवर्तनको चरणमा छ। तर यस परिवर्तनसँगै देशले गहिरो आर्थिक सङ्कट पनि भोगिरहेको छ। कपडा उद्योगमा काम गर्ने लाखौँ मजदुरमध्ये सबिना खातुनजस्ता धेरैका लागि फेब्रुअरी १२ मा हुने चुनाव नै फेरि आशा जगाउने एकमात्र आधार बनेको छ ।
