SHARE
बासुरी खबर · बुधबार १४ माघ २०८२ ०२:३९ PM · 1 मिनेट पढाइ

बालिका बलात्कारको आरोपमा दुई शिक्षक पक्राउ

सिन्धुपाल्चोक । सिन्धपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी–१२ स्थित जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत १२ वर्षीया बालिकामाथि भएको यौन दुर्व्यवहार प्रकरणले विद्यालयको सुरक्षाप्रणाली र सामाजिक संरचनामाथि गम्भीर प्रश्न उठाएको छ। घटनामा संलग्न भएको आरोपमा सोही विद्यालयका दुई शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।