‘आर्थिक रुपमा आत्मनिर्भर नभएसम्म सशक्तिकरणका नाराहरु पूरा हुँदैनन्’
काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवहाक प्रमुख सुनिता डंगोलले आर्थिक रुपमा आत्मनिर्भर नभएसम्म सशक्तिकरणका नाराहरु पूरा हुन नसक्ने बताएकी छन् । बुधबार काठमाडौं महोत्सव २०८२ उद्घाटन समारोहमा उनले महिला पुरुष वा अन्य कुनै वर्गको सशक्तिकरणको कुरा गर्दा त्यसमा आर्थिक आत्मनिर्भरको कुरा मुख्य हुने बताइन् । उनले भनिन्, ‘यो कार्यक्रमले धेरै उद्यमीहरुलाई आशा पनि दिनेछ ।
