SHARE
कर्पोरेट समाचार · शनिबार १० माघ २०८२ ०५:४७ AM · 1 मिनेट पढाइ

प्रसारण लाइन र ग्रिड कनेक्शन तयारीसँगै सानी भेरी आयोजना अघि बढ्दै

काठमाडौं । ४४.५२ मेगावाट क्षमताको सानी भेरी जलविद्युत् आयोजनासम्बन्धी विभिन्न प्राविधिक तथा प्रशासनिक प्रक्रिया अघि बढाइएको छ । आयोजनाले आवश्यक अनुमति, सहमति तथा पूर्वाधार विकासका कामहरू चरणबद्ध रूपमा अगाडि बढाइरहेको विद्युत विकास विभागले जनाएको हो । विभागकाअनुसार आयोजनाको प्रसारण लाइन, रुट अलाइनमेन्ट, ग्रिड कनेक्शन सम्झौता लगायतका विषयमा आवश्यक तयारी भइरहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार