‘बदल्यौं कांग्रेस, समुन्नतिका लागि बदल्छौं देश’
काठमाडौं । नेपाली कांग्रेसले नयाँ नेतृत्वसहित पार्टीमा परिवर्तनसँगै नयाँ यात्रा तय गरेको छ । नवनिर्वाचित सभापति गगनकुमार थापाले सानेपास्थित केन्द्रीय कार्यालयमा आज पद बहाल गरेसँगै आफ्नो देश बदल्ने संकल्पसमेत सार्वजनिक गरेका छन् । थापाले ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नारासहित आफ्नो कार्यकाल सुरु गरेका हुन्।
