SHARE
मेट्रो न्युज काठमाडौं · शुक्रबार​ ९ माघ २०८२ १२:०४ AM · 1 मिनेट पढाइ

काठमाडौँ महानगरपालिकाका प्रमुख शाहको राजीनामा : उपप्रमुखको सचिवालयमा दर्ता 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिनुभएको छ । उपप्रमुख समक्ष उहाँले २०८२ माघ ४ गतेबाट लागू हुने गरी राजीनामा पेश गर्नुभएको हो ।  स्वेच्छाले राजीनामा दिएको उल्लेख गर्दै प्रमुख शाहले पत्रमा पदमा रहँदा आफूले महानगरपालिका र नगरबासीको हितमा इमान्दारपूर्वक काम गर्न प्रयास गरेको उल्लेख गर्दै अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा थप प्रभावकारी, पारदर्शी, र परिणाममुखी बन्ने कामना गर्दै कार्यपालिकालाई शुभकामना प्रदान गर्नुभएको छ ।   स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत सोही वर्षको बैशाख ३० गते सम्पन्न मतदानबाट ६१ हजार ७६७ मत प्राप्त गरेर शाह काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं