SHARE
मेट्रो न्युज काठमाडौं · शुक्रबार​ ९ माघ २०८२ १२:०४ AM · 1 मिनेट पढाइ

माघ १० गतेबाट सहिद सप्ताहका कार्यक्रम सुरु गर्ने मूल समारोह समितिको निर्णय

काठमाडौँ । माघ १० गते शनिवारदेखि यस बर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका छन् । आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले १९९७ सालमा प्राणदण्ड पाएका सहिदहरुले सहादत प्राप्त गरेको दिन र स्थानमा श्रद्धाञ्जली सभा गर्ने तथा १६ गते लैनचौर सहिद स्मारक पार्कमा  ज्ञात अज्ञात सबै सहिदहरुको सम्झनामा स्मृति सभा गर्ने निर्णय गरेको हो ।  १९९७ मा प्राणदण्ड पाएका ४ जना सहिदले माफी मागेर शाशकसामु झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गर्नुभएको थियो । त्यसपछिका विभिन्न राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहितको योगदान स्मरण गर्ने तथा सम्मान गर्नु सप्ताहव्यापी कार्यक्रम आयोजनाको उद्देश्य हो । नागरिक स्वतन्त्रताका लागि यसरी सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइदै आएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं