नदीको दायाँवायाँ गरिएको निर्माण रोक्का : अदालतको आदेशपछि महानगरपालिकाबाट फुकुवा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदीको दायाँवायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाएको रोक्का फुकुवा गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले भनेको छ, ‘सम्मानित सर्वाेच्च अदालतको संयुक्त इजलासले २०८२ माघ ४ गते गरेको आदेशका आधारमा कुनै पनि व्यक्तिको निजी जग्गामा भवन निर्माण गर्न अनुमतिमा रोक नलगाइने र निर्माण भइरहेको संरचनामा समेत रोक्का नराखिने सम्वद्ध सरेकारवालामा यो सार्वजनिक सूचनामार्फत जानकारी गराइन्छ ।
