काठमाडौं–१० की उम्मेदवार सुमित्रा बस्नेतको उम्मेदवारी खारेज
मितेरी पार्टीबाट काठमाडौं–१० मा उम्मेदवार बनेकी सुमित्रा बस्नेतको उम्मेदवारी खारेज भएको छ। कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको उजुरी छानबिन गर्दा प्रमाणित भएपछि उनको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृत अमृतकाकुमारी शर्माले बताएकी छन्। यस्तै कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गरेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ।
