सूर्यज्योतिका ५५ जना अभिकर्ताहरु ‘एमडीआरटी २०२६’ बन्न सफल, आठ जनालाई दीर्घसेवा पदकद्वारा सम्मान
काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्सका ५५ जना उत्कृष्ट अभिकर्ताहरु एमडीआरटी २०२६ को सदस्य बनेका छन् । अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडिआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरेका सूर्यज्योतिका ५५ जना उत्कृष्ट अभिकर्ताहरुलाई एमडीआरटी २०२६ को सदस्य बनाएको हो ।
