SHARE
बासुरी खबर · बुधबार १० बैशाख २०८२ ०१:०९ AM · 1 मिनेट पढाइ

जम्मु-कश्मीर आतंकवादी हमलामा २७ को मृत्यु

जम्मु-कश्मीरमा मंगलबार २०१९ को पुलवामा आक्रमणपछि सबैभन्दा ठूलो आतंकवादी हमला हुँदा २७ जनाको मृत्यु भएको छ। मारिएका २७ जनामा एक नेपाली, यूएईका एक पर्यटक, २ जना स्थानीय र बाँकी भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिक रहेको भारतीय दैनिक पत्रिका भास्करले जनाएको छ। हमला पहलगामको बैसरन उपत्यकामा भएको हो।