SHARE
मेट्रो न्युज काठमाडौं · शनिबार ३ माघ २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

विपद व्यवस्थापनमा समुदायको क्षमता बढाउन जोड दिँदै भूकम्प स्मृति सभा सम्पन्न

काठमाडौँ । ‘सबै तहका सरकार, सवै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल, अवको जिम्मेवारी’ भन्ने नारासहित आज काठमाडौँको नयाँ सडकस्थित भूगोल पार्कमा २८ औँ भूकम्प स्मृति सभा सम्पन्न भएको छ । १९९० साल माघ २ गते र त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षति अबका पुस्ताले व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहोर्‍याउने प्रतिवद्धता जोडिएको छ । विगतका बिनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो ।  स्मृति सभालाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले, भूकम्पीय क्षति घटाउन पूर्व तयारीको संयन्त्र बलियो बनाउनु पर्ने बताउँदै यसका लागि अन्तरसरकार समन्वय बढाउँदै लैजानु पर्ने, स्थानीय सरकारहरुबाट भएका प्रयासहरुलाई संस्थागत गर्दै लैजानु पर्ने बताउनुभयो । आपसी अभ्यास र सिकाइले क्षमता बढाउन सक्छ । उहाँले भन्नुभयो, ‘नागरिक सचेतना र उत्थानशील सहरका आधारभूत सूचकको कार्यान्वयनमा क्षमता बढाउँदै लैजानु पर्छ ।’  ‘समुदायको क्षमतालाई विपद पूर्वतयारी, खोज उद्धार, पुनःस्थापना र पुनर्लाभको औजार बनाउनु पर्छ । विपदका समयमा पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदाय नै हो ।’ सभाका अध्यक्ष एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘महानगरपालिकालाई विपद् उत्थानशील सहर बनाउन अन्तरसरकार समन्वय, आपसी ज्ञान र सिपको आदान प्रदान तथा एकीकृत योजना पहिलो सर्त हो । यसका लागि मिलेर काम गरौँ ।’ ‘भूकम्पजस्ता विपदको क्षति सम्झना गर्न थालेको धेरै भयो । अब क्षति हुन नदिने प्रणाली विकास गर्नमा काम गर्नु पर्ने बेला आएको छ ।’ कार्यक्रममा महानगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भन्नुभयो, ‘प्रतिरोधी संरचना निर्माण गर्न रैथाने सिपको प्रयोग हुन सक्छ । हाम्रा प्राचीन संरचनाले ठूला भूकम्पको कम्पन थेगेका छन् । यो सिपलाई प्रवर्धन गरौँ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं