SHARE
हाम्रो खेलकुद · सोमबार ५ साउन २०८२ ०३:१९ PM · 1 मिनेट पढाइ

बंगलादेश साफ यु २० मा पाँचौं पटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशले महिला साफ यु-२० च्याम्पियनसिप जितेको छ। अन्तिम खेलमा आज नेपाललाई ४-० को हार चखाउँदै बंगलादेश अपराजित रहँदै पाँचौं पटक च्याम्पियन बनेको हो। अहिलेसम्म बंगलादेश र भारतले मात्र यो प्रतियोगिताको उपाधि जितेका छन्। भारत र बंगलादेशले एक संस्करण संयुक्तरुपमा उपाधि जितेको थियो। भारतले कुल २ पटक उपाधि जितेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद