इन्टरनेशनल एक्स्पोबाट कृषकलाई व्यवसायिक र निर्यातमुखी बनाउन सहयोग पुग्छ
चितवन। कृषि तथा पशुपन्छी मन्त्रालय बागमती प्रदेशका मन्त्री मदुसुदन पौडेलले निर्यात बढाउन कृषि प्रविधिको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । चितवन प्रर्दशनी केन्द्रमा आजबाट शुरु भएको आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पोको उद्धघाटनमा उनले विदेशका प्रविधिहरु नेपालमा भित्र्याउँदै उत्पादनमा वृद्धि गर्नुपर्ने बताए । ‘यसप्रकारका एक्स्पोबाट नेपालले ज्ञान लिएर, सिकेर प्रविधिको प्रयोग बढाउनुपर्छ ।
