गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकता पाएपछि विश्वप्रकाशले भने- कांग्रेस उदारवादी अर्थतन्त्रलाई आत्मसात् गरेर अघि बढ्छ
काठमाडौं । निर्वाचन आयोग नेपालले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको आज बसेको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत भएको जनाउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।
