विश्वकपका उपविजेता नेपाली नेत्रहीन महिला क्रिकेट टोलीलाई काठमाडौँ महानगरपालिकाबाट नगदसहित सम्मान
काठमाडौँ । फस्ट विमेन्स टीट्वान्टी वर्ल्डकप क्रिकेट फर द ब्लाइन्ड २०२५ मा उपविजेता बनेको नेपाली टोलीलाई काठमाडौँ महानगरपालिकाले आज नगदसहित सम्मान गरेको छ । क्रिकेट एशोसिएसन फर द व्लाइन्ड इन इन्डियाले आयोजना गरेको वर्ल्डकपमा नेत्रहीन महिला क्रिकेट टोलीले भाग लिएको थियो । वर्ल्डकप गएको कार्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म भारत र श्रीलंकामा आयोजना भएको थियो । वर्ल्डकपका उपविजेता टीमलाई महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सम्मान गर्नुभएको हो । खेलाडीहरुले जनही १ लाख रुपियाँ र व्यवस्थापकले जनही ५० हजार रुपियाँ प्राप्त गर्ने गरी प्रमुख शाहले, नेत्रहीन क्रिकेट संघ नेपाललाई एकमुष्ट १८ लाख ५० हजार रुपियाँ प्रदान गर्नुभएको थियो ।
