धनुषा घटना : सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासनको आह्वान, वीरगञ्जको सुरक्षा व्यवस्थामा कडाइ
वीरगञ्ज । धनुषाको धन्कवलमा रहेको एक मस्जिदमा अज्ञात व्यक्तिहरूले गरेको तोडफोडको विरोधमा वीरगञ्जम प्रर्दशन भएपछि प्रशासनले सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग आह्वान गरेको हो ।
