‘सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको छ’
ताप्लेजुङ । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको बताएका छन् । प्रेस चौतारी ताप्लेजुङले आज ताप्लेजुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव भट्टराईले यसअघि निर्वाचन हुनेरनहुने र पार्टी सहभागी हुनेरनहुने अन्योल रहेकामा सरकारसँगको छलफलपछि निर्वाचनमा जाने निर्णय गरिएको जानकारी दिएका हुन् ।
