देशभर पश्चिमी वायूको प्रभाव कायमै, केही ठाउँमा आंशिक बदली रहने
काठमाडौं । आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
