नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ७औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ७औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। सभामा बागमती प्रदेश अध्यक्ष टीका प्रसाद घिमिरेको अध्यक्षता तथा बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय मधुसूदन पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।
