SHARE
मेट्रो न्युज काठमाडौं · शनिबार १९ पु २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

वडा ८ मा एक्स-रे सेवा सुरु : १५० रुपियाँमा सेवा प्राप्त गर्न सकिने 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ८ मा आजदेखि एक्स–रे सेवा प्रारम्भ भएको छ । जयबागेश्वरीस्थित वडा कार्यालय परिसरमा स्थापना गरिएको एक्स-रे कक्षको उद्घाटन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले संयुक्त रुपमा सेवा प्रारम्भ गर्नुभएको हो ।  कक्षमा करिब ३२ लाख रुपियाँ लागतमा खरिद गरिएको अत्याधुनिक मेसिन छ ।  सेवा प्रारम्भ गर्दै उपप्रमुख डंगोलले, आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँचलाई सरल, सहज र गुणस्तरीय बनाउँदै लैजाने क्रममा एक्स–रे सेवा थप गरिएको बताउनुभयो । ‘माग र आवश्यकताका आधारमा सेवालाई विस्तार र सुदृढ बनाउँदै लैजानेछौँ । आधारभूत स्वास्थ्य सेवाबाट कसैले पनि बञ्चित हुनु नपर्ने अवस्था बनाउँछौँ ।’ त्यस क्रममा वडाध्यक्ष एवं समितिका संयोजक संगतले, एक्स-रे सेवा सुरु गरेर वडाले प्रदान गर्ने स्वास्थ्य सेवामा एक खुड्किलो माथि उक्लिएको महसुस भएको धारणा राख्नुभयो । ‘सार्वजनिक स्वास्थ्य सेवालाई सबल र गुणस्तरीय बनाउँछौँ । यो हाम्रो दृढता हो ।’ संगतले मानव संशाधन, प्रविधि र उपकरण थप गर्दै लैजाने योजना सुनाउनुभयो । उहाँका अनुसार महानगरपालिकाबाट सञ्चालन भएको एक्स-रे सेवा प्रदान गर्ने, यो पहिलो वडा हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं