यी हुन् काँग्रेस कार्य सम्पादन समिति बैठकका निर्णयहरू
नेपाली काँग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप गरेको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पदान समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । यसअघि गत मंसिर १५ गतेको बैठकले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो ।
