आयोगले गरेका सिफारिसहरू सरकारबाट कार्यान्वयन भएनन् : अध्यक्ष मगर
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगहरूले गरेका सिफारिसहरू सरकारबाट कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् । शुक्रवार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आयोगहरूले विभिन्न सिफारिसहरू गरे पनि कार्यान्वयन हुन नसेकेको उनको भनाइ छ । सबै आयोगहरूले गरेका सिफारिसहरू कार्यान्वयन हुनुपर्ने उनको माग छ ।
