मतदाता नामावली छपाई सुरु
आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली छपाई सुरु भएको छ। शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाता नामावली छपाइको उद्घाटन गरेका छन्। आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तय भएको छ। निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली प्रकाशन गरिसकेको छ।
