नयाँदिल्लीमा दोस्रो इन्डो-नेपाल ट्रेड फेस्टिभल हुने
दोस्रो इन्डो-नेपाल ट्रेड फेस्टिभल-२०२६ आगामी फेब्रुअरी २०-२२ सम्म भारतको राजधानी नयाँदिल्लीमा हुने भएको छ । एभरेस्ट चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका महासचिव मोहन कार्कीले विज्ञप्ति जारी गर्दै फेस्टिभलबारे जानकारी दिएका हुन् । उनका अनुसार, फेस्टिभल ‘जन-जनलाई जोड्दै, द्विपक्षीय व्यापार सुदृढ गर्दै’ भन्ने मूल नारासहित पीएचडी हाउस नयाँदिल्लीमा आयोजना गरिनेछ ।
