म कुनै पार्टीमा छैन, चुनाव लड्ने नलड्ने निर्णय पनि गरेको छैन : मन्त्री खरेल
चितवन । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले निर्वाचन निष्पक्ष र धाँधलीरहित ढङ्गबाट हुने उल्लेख गरे । खरेलले भने, ‘निर्वाचन आयोगले द्रुत गतिमा काम अघि बढाइरहेको छ ।
