सामसङ इनोभेसन क्याम्पस नेपालद्वारा एआई र बिग डेटा कार्यक्रम सम्पन्न, कोडिङको नयाँ ब्याच सुरु
काठमाडौं । सामसङ इनोभेसन क्याम्पस नेपालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा बिग डेटा सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याच सुरु गरेको छ। जुन २७ देखि डिसेम्बर ३१, २०२५ सम्म सञ्चालन भएको एआई तथा बिग डेटा कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै औपचारिक रूपमा स्नातक गराइएको हो।
