सूर्य नेपाल सेन्ट्रल ओपन सूरु, पहिलो दिन डिफेन्डिङ च्याम्पियन राहुल शीर्षस्थानमा
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्मा ५ स्ट्रोकको अग्रतामा शीर्षस्थानमा रहेका छन्। गोकर्ण गल्फ क्लबमा राहुलले ६ अन्डर ६६ को उत्कृष्ट स्कोरमा प्रोफेसनल खेलाडी जयराम श्रेष्ठलाई ५ स्ट्रोकले पछि पारेका हुन्। जयराम १-अन्डर ७१ को स्कोरमा दोस्रो स्थानमा छन्।
