SHARE
मेट्रो न्युज काठमाडौं · सोमबार १४ पु २०८२ ०२:०५ PM · 1 मिनेट पढाइ

काठमाडौँ महानगरपालिकाको नगर सभा १८ औँ अधिवेशन सम्पन्न : कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पारित

काठमाडौँ । विनियोजन ऐनको पहिलो संशोधन, बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव, विभिन्न ऐनहरुको संशोधन र विविधसहित ९ वटा कार्यसूचीका प्रस्ताव पेश, छलफल र पारित गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा आज नगर सभाको १८ औँ अधिवेशन सम्पन्न भएको छ । भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लवमा आयोजना भएको सभाका लागि आजै बसेको कार्यपालिकाको ४५ औँ वैठकले प्रस्तावको कार्यसूचीका विषयमा निर्णय गरेको थियो । कार्यपालिका बैठक पनि यही स्थानमा भएको थियो ।  सभामा महानगरपालिकाका उपप्रमुख एवं बजेट तर्जुमा समितिका संयोजक सुनिता डंगोलले, काठमाडौँ महानगरपालिका विनियोजन ऐन, २०८२ मा पहिलो संशोधन विधेयक, २०८२ र महानगरपालिकाको चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेटमा संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।  डंगोलका अनुसार वार्षिक खरिद योजना, चौमासिक प्रगति विवरण अनुसार चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रम अनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रमहरु हेरफेर गर्न जरुरी देखिएको सभामा संशोधन प्रस्ताव पेश गरिएको हो । ‘विनियोजित वजेटहरुमा कुनै योजना सञ्चालन गर्न नसकिने, कतिपय आर्थिक कार्यविधि अनुसार समय लाग्ने, कतिपय वहुवर्षिय योजना अन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकममध्ये कुनैमा बचत हुने तथा कुनैमा नपुग हुने देखिएको र केही अत्यावश्यक योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गर्नु पर्ने देखिएकोले संशोधन प्रस्ताव पेश गर्नु परेको उहाँको भनाइ थियो ।  सभाले आर्थिक विकास क्षेत्रमा ६७ करोड ६३ लाख ४ हजार रुपियाँ वजेट कायम गर्ने प्रस्ताव पारित गरेको छ । यस शीर्षकमा १७ औँ अधिवेशनले ६८ करोड ७४ लाख ५४ हजार रुपियाँ विनियोजन गरेको थियो । यस्तै ३ अरब १२ करोड ४२ लाख १४ हजार रुपियाँ विनियोजन भएको कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३ अरब १२ करोड ३७ लाख १४ हजार रुपैयाँ कायम गरिएको छ । १२ अरब १० करोड ८१ लाख ६० हजार रुपियाँ विनियोजन भएको पूर्वाधार विकास क्षेत्रमा १२ अरब ९ करोड ४५ लाख ६० हजार रुपियाँ बजेट कायम गरिएको छ । अघिल्लो अधिवेशनबाट ५ अरब ८२ करोड ३३ लाख ४१ हजार रुपैयाँ विनियोजन भएको सामाजिक विकास क्षेत्रमा ५ अरव ८० करोड ४१ हजार रुपियाँ कायम गरिएको छ ।  सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रमा ३ अरब ४१ करोड ९७ लाख २२ हजार रुपैयाँ कायम गरिएको छ । यस शीर्षकमा ३ अरब ३७ करोड ११ लाख ७२ हजार रुपियाँ विनियोजित थियो । नगर सभाको १७ औँ अधिवेसनले चालु आर्थिक वर्षका लागि २५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपियाँ अन्य वाह्य व्यय भार हुने गरी २५ अरब ७६ करोड ४३ लाख ४१ हजार रुपियाँको वजेट स्वीकृत गरेको थियो । यो रकममध्ये आन्तरिक आय र वैक मौज्दात बाट २० अरब १२ करोड ६४ लाख रुपियाँ र नेपाल सरकार तथा प्रदेश सरकारवाट शसर्त, समानिकरण, राजस्व वाँडफाँडवाट अन्य रकम प्राप्त गर्ने लक्ष्य छ ।    अहिलेसम्मको खर्च  सभामा उपप्रमुख डंगोलले चालु आर्थिक वर्षको पुस ९ गतेसम्ममा ४ अरब ६४ करोड ३४ लाख ७१ हजार रुपियाँ खर्च भएको विवरण पेश गर्नुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं