सुनको मूल्य २ लाख ७० हजार कायम, चाँदीको भाउमा फेरि नयाँ रेकर्ड
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य सामान्य घट्दा चाँदीको भाउ बढेको छ। अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुन आज ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुन प्रतितोला दुई लाख ७० हजार रुपैयाँ मूल्य निर्धारण भएको छ ।
