नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशनको आईपीओ आउँदै, नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग बिक्री प्रबन्धक
काठमाण्डौं । नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले निकट भविष्यमै सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम आवश्यक नियमनकारी स्वीकृति प्राप्त गरेपछि कम्पनीले आईपीओ निष्काशन गर्ने जनाएको छ।
