ठुला इभी गाडी चलाएर सार्वजनिक यातायात व्यवस्थित गर्नुपर्नेमा जोड
सार्वजनिक यातायात अझै पनि व्यवस्थित हुन सकिरहेको छैन । पुराना अव्यवस्थित गाडीका कारण व्यवस्थित हुन नसकेको यातायात प्रणालीलाई सुधार्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । उनीहरूले इन्धनबाट चल्ने गाडीहरूलाई अब प्रतिस्थापन गर्दै ठुला विद्युतीय गाडीलाई प्रोत्साहन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
