सुवागढी नाका २०८२ पुस १७ गतेदेखि सञ्चालनमा आउने
काठमाडौं। २०८२ साल असार २४ गते भोटेकोशी नदीमा आएको बाढीका कारण क्षति पुगेको रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल पुनः सञ्चालनमा आउने भएको छ। पुल क्षतिग्रस्त भएपछि पूर्ण रूपमा अवरुद्ध रहेको उक्त दुई देशीय नाका आगामी २०८२ साल पुस १७ गते देखि सञ्चालनमा ल्याइने तयारी भएको सम्बन्धित कार्यालयले जनाएको छ।
