बैंकिङ प्रणालीमा अधिक तरलताको प्रभाव, एकैदिन२० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडाैं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि एकै दिन २० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्न लागेको हो । १२ दिने निक्षेप संकलन उपकरणको पुस २५ गते साँवा तथा ब्याज भुक्तानी गर्ने राष्ट्र बैंकले जनाएको छ ।
