सुन र चाँदी दुवैको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो
काठमाडाैं। नेपाली बजारमा आज आइतबार सुन र चाँदी दुवैको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। सुन तोलामा १ हजार ३ सय रुपैयाँ बढेको छ। गएको शुक्रबार प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च मूल्य हो।
