कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा मल्ल निर्विरोध
महेन्द्रनगर (कञ्चनपुर)।कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दिनेश मल्ल निर्विरोध निर्वाचित भएका छन्। सङ्घको १८ औँ अधिवेशनअन्तर्गत आज वरिष्ठ उपाध्यक्ष रहेका अध्यक्षमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । यसअघि व्यवसायी हेमराज जोशीले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरे पनि अन्तिममा मल्ललाई सर्मथन गरेका थिए।
