एनइए इन्जिनियरिङ कम्पनीको लाभांश घोषणा, २८ गतेलाई डाक्यो साधारण सभा
काठमाडौं । एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट शेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
